दाङको गढवा गाउँपालिका–५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ।
प्रहरीका अनुसार ४० वर्षीय यादव आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
