ठमेल पर्यटन कप २०८३ को उपाधि जोरपाटी एफसीले जित्यो

खेलकुद

काठमाडौंमा सम्पन्न ठमेल पर्यटन कप २०८३ को उपाधि जोरपाटी एफसीले जितेको छ।

ठमेल भेट्रान्स XI क्लबको आयोजनामा तथा Xtreme Energy Drink को प्रायोजनमा असोज ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा जोरपाटी एफसीले ठमेल भेट्रान्स XI लाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

फाइनल खेलमा पूर्व गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सहितको ठमेल भेट्रान्स XI लाई पराजित गर्दै जोरपाटीले उपाधिसँगै नगद रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता ठमेल भेट्रान्स XI ले नगद रु. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिताका विधागत पुरस्कार:
⚽ उत्कृष्ट खेलाडी: दीपक लामा — ठमेल भेट्रान्स XI
⚽ उत्कृष्ट फरवार्ड: सरोज थापा — जोरपाटी एफसी
⚽ सर्वाधिक गोलकर्ता: नितिन लामा — जोरपाटी एफसी
⚽ उत्कृष्ट मिडफिल्डर: प्रकाश राणा मगर — ठमेल भेट्रान्स XI
⚽ उत्कृष्ट डिफेन्डर: विपिन शाही ठकुरी — जोरपाटी एफसी
🧤 उत्कृष्ट गोलरक्षक: धर्मेन्द्र लामा — जोरपाटी एफसी

प्रतियोगितामा ४५ वर्षमाथिका भेट्रान खेलाडीहरू सहभागी भएका थिए।