अलकत्रा तताउने क्रममा बिटुमिन डिस्ट्रिब्युटरमा आगलागी

समाचार


धनकुटाको चौबिसे गाउँपालिका–६, धाराचोकस्थित रविराके–भेडेटार सडकखण्डमा बिटुमिन डिस्ट्रिब्युटरमा आ
गलागी हुँदा सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएको छ

आज बिहान सडक निर्माणका लागि प्रयोग हुने भारतीय नम्बर प्लेटको यूपी ४२ बीटी ६९२५ नम्बरको बिटुमिन डिस्ट्रिब्युटरमा अलकत्रा तताउने क्रममा अचानक आगलागी भएको हो
उक्त सवारीसाधन एप्को इन्क्राटेक प्रालि निर्माण कम्पनीको रहेको जनाइएको छ
आ*गलागीबाट सवारीसाधनमा पूर्ण क्षति पुगेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ