अर्जेन्टिनाविरुद्ध खेलअघि इजिप्टका प्रशिक्षक: ‘उनीहरूसँग महान् मेसी छन्’

खेलकुद

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–१६ को खेलअघि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले साविक विजेता अर्जेन्टिनाविरुद्धको खेल आफ्नो टोलीका लागि क्षमता प्रमाणित गर्ने उत्कृष्ट अवसर भएको बताएका छन्।

मंगलबार राति हुने खेलअघि बोल्दै प्रशिक्षक हसनले अर्जेन्टिनाको सम्मान गर्दै टोलीमा लियोनल मेसीजस्ता महान् खेलाडी रहेको उल्लेख गरे।

‘यो विश्वकप हो। आफूलाई प्रमाणित गर्ने र हामी पनि यहाँसम्म पुग्न योग्य टोली हौँ भन्ने देखाउने उत्कृष्ट अवसर हो,’ उनले भने।

अर्जेन्टिनाको प्रशंसा गर्दै उनले थपे, ‘उनीहरूसँग उत्कृष्ट खेलाडीहरू छन्। अवश्य पनि उनीहरूसँग महान् मेसी छन्। तर हामी सम्पूर्ण अर्जेन्टिनी टोलीको सम्मान गर्छौँ। फुटबलमा कुनै पनि प्रतिद्वन्द्वीलाई हल्का रूपमा लिन मिल्दैन।’

हसनले आफ्नो टोलीलाई विपक्षीको नाम, जर्सी वा विश्व वरीयताभन्दा प्रदर्शनमा केन्द्रित हुन प्रशिक्षण दिइरहेको पनि बताए।