सुनसरी तनावबीच गृहमन्त्री गुरुङ विराटनगरमा, घाइते र मृतकका परिवारलाई भेट्ने

राजनीति

विराटनगर – सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न तनावका बीच गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन्।

गृहमन्त्री गुरुङले देवानगञ्ज घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन विराटनगरस्थित अस्पताल जाने कार्यक्रम रहेको छ।

अस्पतालमा उपचाररत घाइतेसँग भेटघाटपछि उनले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ।

देवानगञ्ज घटनापछि उत्पन्न अवस्था, सुरक्षा व्यवस्थालगायत विषयमा पनि गृहमन्त्रीले स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीसँग छलफल गर्ने अपेक्षा गरिएको छ।