काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेका छन्।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पशुपतिनाथ मन्दिर पुगेर देश तथा जनताको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै पूजा गरेका हुन्।
पूजाअर्चनापछि उनले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।