विमानमै यात्रुलाई डक्ट टेपले बाँधियो, जागिर पनि गयो!
अमेरिकन एयरलाइन्सको विमानमा उडिरहेका एक यात्रुले उग्र व्यवहार गर्दै यात्रु तथा चालकदलमाथि दुर्व्यवहार र आक्रमण गरेपछि उनलाई सिटमै डक्ट टेप र जिप टाइले बाँधिएको छ।
अमेरिकाको Dallas-Fort Worth बाट Newark जाँदै गरेको American Airlines Flight 618 घटनापछि Baltimore मा आकस्मिक रूपमा अवतरण गरिएको थियो। विमानमा यात्रुलाई नियन्त्रणमा लिन अन्य यात्रुहरूले समेत चालकदललाई सहयोग गरेका थिए।
पछि ती व्यक्ति ६७ वर्षीय आर्थर ‘लेन’ लुन्डिन रहेको खुलेको छ। उनलाई प्रहरीले पक्राउ गरी दोस्रो तहको आक्रमण र अव्यवस्थित व्यवहारसम्बन्धी आरोप लगाएको छ। घटनापछि उनी आबद्ध रियल इस्टेट कम्पनी Long Realty ले उनलाई जागिरबाट हटाएको जनाएको छ।
घटनाबारे FBI ले थप अनुसन्धान गरिरहेको छ