बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
उद्योगभित्र रहेको २ लाख लिटर क्षमताको फर्नेस आयल ट्यांकीमा बिहीबार राति करिब १:३० बजे विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक विवरण छ।
नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा करिब एक घण्टामै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
घटनामा मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।