एक वर्षसम्म कुनै पनि मिडियालाई अन्तर्वार्ता नदिने महावीर पुनको घोषणा

समाचार

काठमाडौं — विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म अत्यावश्यक सार्वजनिक महत्वका विषयबाहेक कुनै पनि मिडिया, युट्युबर वा सामाजिक सञ्जालमार्फत अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

शनिबार फेसबुकमार्फत उनले ठूला–साना सबै मिडिया र पत्रकारलाई लक्षित गर्दै एक वर्षसम्म मौन रहने निर्णय सार्वजनिक गरेका हुन्।

यसैबीच, ट्राफिक जरिवाना ५० हजार रुपैयाँ बनाउनुपर्ने आफ्नो अभिव्यक्तिप्रति पुनले माफी माग्दै उक्त भनाइ फिर्ता लिएको पनि बताएका छन्।