बराबरीमा सकिएको नेपाल-बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका १७ तस्वीर

राजनीति सेयर मार्केट्स

२१ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगियो ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । घरेलु मैदानमा भएको खेलमा दर्शकहरूको पनि राम्रै उपस्थिति देखिन्थ्यो ।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने अवसर पाए पनि फिनिसिङमा कमजोर देखिए ।

अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल‌ हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट‌ हुनेछ ।

एन्फाले दुई खेलपछि समग्र‌ नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने बताएको थियो ।