खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा काठ लोड गर्ने क्रममा काठले किचेर ३५ वर्षीय लिला मगरको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ४ बजे ट्याक्टरमा उत्तिसका मुडा लोड गरी डोरीले बाँध्ने क्रममा चिप्लिएर लडेका मगरलाई काठले किचेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि ट्याक्टर र चालक १९ वर्षीय सुनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।