भक्तपुरको ऐतिहासिक सिद्धपोखरी पर्यटकको आकर्षण

विचार

भक्तपुर — भक्तपुरको दुधपाटीमा रहेको सिद्धपोखरी (ता: पुखु) ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको प्रमुख पोखरी हो। यो भक्तपुर अस्पताल नजिकै र पुरानो सहरको प्रवेशद्वारको छेउमा रहेको छ।

स्थानीय नेवारी भाषामा ‘ता: पुखु’ अर्थात् ‘ठूलो पोखरी’ भनिने सिद्धपोखरी १५औँ शताब्दीमा मल्ल राजा यक्ष मल्लको पालामा निर्माण भएको मानिन्छ।

ऐतिहासिक तथा धार्मिक महत्वसँगै पोखरीको सुन्दर वातावरणका कारण यहाँ दैनिक ठूलो संख्यामा स्थानीय तथा पर्यटक घुम्न आउने गर्छन्। पोखरी वरिपरि बसेर प्राकृतिक दृश्य हेर्न र रमाइलो गर्न सकिने भएकाले यो भक्तपुरको लोकप्रिय पर्यटकीय स्थल बनेको छ।