भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

राजनीति

जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले उक्त दिनलाई पुनः आन्दोलन गर्ने दिन नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, शहीदप्रति श्रद्धाञ्जली र राष्ट्रिय एकताका लागि समर्पित गर्न आह्वान गरेका हुन्।

राष्ट्रिय नागरिक जेनजी अभियानको पत्रकार सम्मेलनमा हमालले शहीदको बलिदान, घाइतेहरूको पीडा र शहीद परिवारको अपेक्षालाई सम्मान गर्दै नागरिक एकताका लागि सडकमा जुट्नुपर्ने बताए।

उनले सरकारले जेनजी आन्दोलनका सुशासन, पारदर्शिता र जवाफदेहिताका मुद्दा सम्बोधन नगरेको आरोप लगाउँदै आवश्यक परे पुनः संघर्षमा उत्रिन तयार रहेको चेतावनीसमेत दिए।