कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना मृत फेला

समाचार

धनगढी । कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना पुरुष मृत फेला परेका छन्।

बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा मंगलबार साँझ लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन्। उनको छातीको देब्रे भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक समेत बरामद गरेको छ। उनी सिकार खेल्न जंगल गएको हुनसक्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ। घटना आत्महत्या, दुर्घटना वा अन्य कारणबाट भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।