एक लाख घुससहित सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा

काठमाडौं, साउन १८ — नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पक्राउ गरेको छ। अख्तियारका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसस्वरूप एक लाख […]

Continue Reading

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियाको पूर्वी सहर बाकाउ (Bacău) मा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु भएको छ। आइतबार बिहान करिब ३:२१ बजे चिमिएई (Chimiei) सडक नजिकको रेलमार्गमा हिँडिरहेका बेला उनीहरूलाई रेलले ठक्कर दिएको हो। बाकाउ आपतकालीन अवस्था निरीक्षणालय (ISU) का अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ एम्बुलेन्स, उद्धार टोली र स्वास्थ्यकर्मी घटनास्थल पुगेका थिए। तर उनीहरू पुग्दा दुवै नेपालीको घटनास्थलमै मृत्यु भइसकेको थियो। मृतकहरूको परिचय […]

Continue Reading

सुर्खेतमा महिला कर्मचारीको रहस्यमय मृत्यु : नायब सुब्बा पक्राउ, ब्ल्याकमेलको आशंकामा अनुसन्धान

सुर्खेतमा एक महिला कर्मचारीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बिसीलाई पक्राउ गरेको छ। प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ब्ल्याकमेलको आशंकासहित विभिन्न कोणबाट घटनाको छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Continue Reading

मध्यपहाडी राजमार्गमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, ४ जना सवार रहेको आशंका

रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोला क्षेत्रस्थित सुनकोशी नदीमा यात्रु बोकेको कार खसेको छ। प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत सडक निर्माणस्थलमा खटिएका कन्ट्र्याक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि कार फिक्कल गाउँपालिका–२, नवलपुर (सिन्धुली) क्षेत्रमा सुनकोशी नदीमा खसेको हो। फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार कारमा ४ जना सवार रहेको प्रारम्भिक सूचना प्राप्त भएको […]

Continue Reading

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको विवाहको चर्चा, ८ अगस्टमा हुन सक्ने अनुमान

विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयकी साथी जर्जिना रोड्रिगेज आगामी ८ अगस्टमा विवाह बन्धनमा बाँधिन सक्ने चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा तीव्र बनेको छ। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार विवाह समारोह पोर्चुगलको मडेरास्थित फन्चल क्याथेड्रलमा आयोजना हुने सम्भावना रहेको छ। समारोहका लागि नजिकै रहेको सभोय प्यालेस होटल पनि बुक गरिएको बताइएको छ। बेलायती सञ्चारमाध्यम डेली मेलले […]

Continue Reading

नाम्सीमा ढुंगा खस्यो, मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार हाल सवारीसाधनलाई पुरानो पुलबाट एकतर्फी सञ्चालन गरिएको छ। ढुंगा पन्छाउन आवश्यक उपकरण परिचालन भइसकेको छ भने सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन करिब १–२ घण्टा लाग्ने अनुमान गरिएको छ। सडक डिभिजनले यात्रु तथा सवारीचालकलाई पुरानो […]

Continue Reading

सिरहाको गोलबजारमा आज रातिदेखि कफ्र्यु हटाइने

काठमाडौं, साउन १७ — सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी गरिएको कफ्र्यु आदेश आज (आइतबार) राति ७ बजेदेखि हटाइने भएको छ। स्थानीय सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि जिल्ला प्रशासन कार्यालय सिरहाले कफ्र्यु हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल द्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको […]

Continue Reading

निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकाद्वारा सोमबार शोक बिदा

काठमाडौं, साउन १८ — ‘निम्स दाइ’का नामले विश्वभर परिचित कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानस्थित ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा घोषणा गरेको छ। अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाको असामयिक निधनले गाउँपालिका मात्र नभई समग्र म्याग्दी र नेपाली पर्वतारोहण क्षेत्र शोकमा डुबेको गाउँपालिकाले जनाएको छ। […]

Continue Reading

इन्डोनेसियामा समुद्रबीच फेरीमा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना अझै बेपत्ता

इन्डोनेसियाको पूर्वी जाभाबाट दक्षिण सुलावेसीतर्फ जाँदै गरेको यात्रुवाहक फेरीमा समुद्रबीच भीषण आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्युभएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बसरनास)का अनुसार फेरीमा २७१ जना यात्रु सवार थिए। मदुरा द्वीप नजिकै आगलागी भएपछि यात्रुहरूले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। घटनास्थलमा उद्धार अभियान तीव्र रूपमा जारी छ। अधिकारीहरूले बेपत्ता यात्रुको […]

Continue Reading

सारा गाइस को थिइन्? ब्रड पिक आरोहणअघि आफ्नो पिलाटेस स्टुडियो बेचेर पर्वतारोहणको सपना पछ्याएकी अमेरिकी आरोही

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियो निवासी ३९ वर्षीया पर्वतारोही सारा म्यालोरी गाइसले यस वर्षको सुरुवातमै आफ्नो सफल पिलाटेस स्टुडियो बिक्री गरेर उच्च हिमाल आरोहण गर्ने जीवनभरको सपना पूरा गर्न यात्रा सुरु गरेकी थिइन्। तर, पाकिस्तानको ब्रड पिकहिमालमा आएको विनाशकारी हिमपहिरोमा परेर उनको दुःखद निधन भयो। सोही दुर्घटनामा चर्चित नेपाली पर्वतारोही निर्मल “निम्सदाइ” पुर्जाले पनि ज्यान गुमाएका थिए। घटनापछि सारा गाइसप्रति […]

Continue Reading