घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्न खोज्ने पक्राउ, ५०० ग्राम गाँजा बरामद
रुपन्देहीको सिद्धार्थनगरमा आफूलाई घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्न खोज्ने ४९ वर्षीय राकेश प्रताप राणा पक्राउ परेका छन्। प्रहरीले उनको डेराबाट नक्कली रिभल्भर, ५०० ग्राम गाँजा, मोबाइल, सवारी चालक अनुमतिपत्र र नगद रु. २,६०० बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Continue Reading