म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाती पक्राउ

म्याग्दी — बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका छोरीका छोरा २६ वर्षीय आशिष बरुवाललाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ २२ गते बिहान करिब ११:३० बजे बरुवालले मनकुमारीमाथि धारिलो हतियार प्रहार गरी फरार भएका थिए। घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी […]

Continue Reading

भोटेकोशी बाढी : आज राष्ट्रिय शोक, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं, भदौ २२ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। भदौ १० गते आएको भीषण बाढीको घटनाको १३औँ दिन पारेर मन्त्रिपरिषद्को निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। सरकारले आज सार्वजनिक बिदा भने दिएको छैन। राष्ट्रिय शोकमार्फत बाढीमा ज्यान […]

Continue Reading

गृहमन्त्री सुधन गुरुङ अस्वस्थ, छाउनीस्थित सैनिक अस्पतालमा भर्ना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि सैनिक अस्पताल, छाउनीमा भर्ना भएको बताइएको छ। ज्वरोसँगै ढाड दुख्ने तथा शरीर र खुट्टामा डाबरजस्ता खटिरा देखिएपछि उनलाई अस्पताल लगिएको जनाइएको छ। रसुवाको बाढीपछि उद्धार, राहत तथा विपद् व्यवस्थापनमा करिब १० दिन लगातार खटिएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ भएको बताइएको छ। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारदेखि बाढी […]

Continue Reading

भोटेकोशी बाढीपछि रसुवामा हैजाको जोखिम, २१ हजार डोज खोप पठाइयो

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोपछि खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुग्दा रसुवामा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको छ। जोखिम न्यूनीकरणका लागि सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ। विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्‍याइएको हो। स्वास्थ्य तथा […]

Continue Reading

भर्जिनियाकी पूर्व सांसद तथा अमेरिकी सिनेट उम्मेदवार एडिथ ह्यारिसनको निधन

अमेरिकाको भर्जिनिया राज्यकी पूर्व सांसद, सामाजिक अभियन्ता तथा कला क्षेत्रकी अगुवा एडिथ कोल्टन ह्यारिसनको ९१ वर्षको उमेरमा निधन भएको छ। उनको निधन सेप्टेम्बर १, २०२६ मा भएको परिवारद्वारा प्रकाशित श्रद्धाञ्जली विवरणमा उल्लेख छ। सन् १९३४ मा डेट्रोइटमा जन्मिएकी ह्यारिसन विवाहपछि सन् १९५६ मा नोरफोक पुगेकी थिइन्। नागरिक अधिकार, महिला अधिकार, शिक्षा र कला क्षेत्रका विभिन्न […]

Continue Reading

रोमाञ्चक पुनरागमनमा रोमाको जित, एटलान्टामाथि २–१

इटालियन सिरी ‘ए’ मा एएस रोमाले एटलान्टामाथि अन्तिम समयमा नाटकीय पुनरागमन गर्दै २–१ को जित निकालेको छ। शनिबार राति रोमको स्टाडियो ओलिम्पिकोमा भएको खेलमा एटलान्टाका एडर्सनले ४७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। रोमाले लगातार दबाब बनाए पनि एटलान्टाका गोलरक्षक मार्को कार्नेसेकीले उत्कृष्ट बचाउ गर्दै लामो समयसम्म टोलीलाई अग्रतामै राखे। तर खेलको अन्तिम क्षणमा रोमाले खेल उल्टायो। मारियो हर्मोसोले ८९औँ मिनेटमा बराबरी गोल गरे […]

Continue Reading

गोरखामा मध्यराति भीषण बाढी, ४ घर र फलामे पुल बगायो

गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङमा आइतबार बिहान करिब ३ बजे आएको बाढीले चारवटा घर र वडा नं. ४ र २ जोड्ने फलामे पुलबगाएको छ। बाढीले नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगाएको प्रहरीले जनाएको छ। बाढीको संकेत पाएपछि स्थानीयहरू समयमै घरबाट निस्किएर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति भने भएको छैन। प्रारम्भिक अनुमानअनुसार मुहान क्षेत्रमा केही […]

Continue Reading

१० दिनपछि जीवितै फर्किए कबीर, श्रीमतीले भनिन्– ‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन’

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका ललितपुरका कबीर महर्जन शुक्रबार जीवितै उद्धार भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले उनलाई सुरुङबाट सकुशल बाहिर निकाली हेलिकोप्टरमार्फत काठमाडौं ल्याएको हो। अहिले कबीरको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। श्रीमानलाई भेट्न अस्पताल पुगेकी उनकी श्रीमती हीराशोभा […]

Continue Reading

चीनले नेपाल पठायो बेलीब्रिजसहित राहत सामग्री

रसुवा बाढीबाट क्षतिग्रस्त सडक तथा आवागमन पुनःस्थापनाका लागि चीनले बेलीब्रिजका सामग्रीसहित विभिन्न आपत्कालीन राहत सामग्रीनेपाललाई उपलब्ध गराएको छ। चीनको सिजाङ क्षेत्रबाट बेलीब्रिजका प्यानल, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई–बिमलगायत सामग्री नेपालतर्फ पठाइएको हो।

Continue Reading

टिमुरेबाट बेपत्ता पत्रकार ढुंगाना दम्पतीको कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका भक्तपुरका पत्रकार शेखर ढुंगाना र उनकी पत्नी निर्मला ढुंगानाको आठ दिनसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। ढुंगाना दम्पती भदौ १० गते रसुवाको टिमुरेमा चीन प्रवेशका लागि अध्यागमन कार्यालयमा नाम दर्ता गराएपछि आएको विनाशकारी बाढीमा बेपत्ता भएका थिए। उनीहरू कैलाश मानसरोवर यात्राका लागि गएको १७ […]

Continue Reading