इन्डोनेसियामा बालीबाट लोम्बोक जाँदै गरेको फेरीमा आगलागी, १७२ जनाको उद्धार

इन्डोनेसियामा बालीबाट लोम्बोकतर्फ जाँदै गरेको यात्रुवाहक फेरीमा बुधबार आगलागी हुँदा १७२ जनाको उद्धार गरिएको छ भने एक महिलाको मृत्यु भएको छ। लोम्बोक स्ट्रेटमा फेरीमा आगलागी भएपछि उद्धार टोलीले यात्रुहरूलाई सुरक्षित स्थानमा निकालेको हो। घटनापछि बेपत्ता हुन सक्ने यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।आगलागीको कारण भने तत्काल स्पष्ट हुन सकेको छैन।

Continue Reading

प्रहरीका जुत्ता–कपडा खरिदमा अनियमितता? छानबिन समिति बनाउन सांसद सुनारको माग

सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका जुत्ता, मोजा, कपडा लगायतका सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्। लेखा समितिको बैठकमा बोल्दै उनले आरोप लागेका प्रहरी अधिकारीलाई जिम्मेवारीबाट अलग गरेर निष्पक्ष छानबिन गर्नुपर्ने बताए। सांसद सुनारले ठेकेदार छनोटदेखि खरिद प्रक्रियासम्मको छानबिन गर्नुपर्ने भन्दै प्रहरी अधिकारी र ठेकेदारबीचको सम्भावित मिलेमतो तथा आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा […]

Continue Reading

इरानी ह त्या धम्कीपछि ट्रम्पको ‘गोप्य उडान’, क्याटरिङ ट्रकबाट विमान परिवर्तन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने क्रममा इरानबाट आएको सम्भावित ह त्या धम्कीका कारण अत्यन्त गोप्य सुरक्षा अपरेसनअन्तर्गत विमान परिवर्तन गरेको खुलासा भएको छ। Reuters र The Washington Post का अनुसार, ट्रम्पले टर्कीको अंकारामा पुरानो ‘एयर फोर्स वन’ मा सार्वजनिक रूपमा चढेपछि केही समयमै गोप्य रूपमा विमानबाट बाहिरिएका थिए। त्यसपछि उनलाई विमानस्थलमा […]

Continue Reading

डिम्ब फ्रिज गर्ने चलन किन बढ्दैछ? एओसीदेखि हलिउडसम्म बढ्यो आकर्षण

काठमाडौं । अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (एओसी) ले आफूले डिम्ब (अण्डा) फ्रिज गर्ने प्रक्रिया सुरु गरेको सार्वजनिक गरेपछि पछिल्लो समय महिलाबीच बढिरहेको फर्टिलिटी प्रिजर्भेसन अर्थात् प्रजनन क्षमता सुरक्षित राख्ने प्रविधि फेरि चर्चामा आएको छ। ३६ वर्षीया एओसीले यो व्यक्तिगत निर्णय भएको बताउँदै आफूलाई आफ्नो जीवनमाथि थप नियन्त्रण र विकल्प भएको महसुस गराउन यस प्रक्रियातर्फ अघि […]

Continue Reading

आज दुर्लभ खग्रास सूर्यग्रहण, नेपालबाट भने देखिँदैन

काठमाडौं । आज बुधबार, १२ अगस्ट २०२६ मा यस वर्षको प्रमुख खगोलीय घटनामध्ये एक पूर्ण (खग्रास) सूर्यग्रहण हुँदैछ। चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको चम्किलो भागलाई पूर्ण रूपमा ढाक्ने यो दुर्लभ घटना उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर एटलान्टिक हुँदै स्पेन र पोर्चुगलको सानो भूभागमा पूर्ण रूपमा देखिनेछ। तर नेपालबाट भने यो सूर्यग्रहण देखिने छैन। […]

Continue Reading

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गरे विवाह

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गरे विवाह पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार, अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा निजी नागरिक समारोहबीच विवाह गरेका हुन्। करिब एक दशक लामो प्रेम सम्बन्धपछि विवाह गरेका रोनाल्डो–जर्जिनाले सामाजिक सञ्जालमार्फत विवाहको पुष्टि गरेका छन्।

Continue Reading

जयशंकर नेपाल आउँदै, प्रधानमन्त्री बालेन्द्र शाहलाई मोदीको निमन्त्रणा दिने

भारतका विदेशमन्त्री डा. एस. जयशंकर भदौको दोस्रो साता नेपाल आउने तयारीमा छन्। परराष्ट्र स्रोतका अनुसार, उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिनेछन्।

Continue Reading

झुटा विवरण दिएर राहदानी लिए अब २ लाखसम्म जरिबाना तिरे पुग्ने प्रस्ताव

काठमाडौं । झुटा विवरण पेश गरेर राहदानी लिने वा लिन प्रयास गर्ने व्यक्तिलाई कैद सजाय हटाएर १ देखि २ लाख रुपैयाँसम्म जरिबाना मात्रै गर्ने प्रस्ताव सरकारले गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा पेश गरेको राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। विधेयक पारित भएमा हालको २ लाखदेखि ५ लाख रुपैयाँ जरिबाना र १ देखि ३ वर्षसम्म कैद हुने […]

Continue Reading

सांसद कर्ण : ‘प्रधानमन्त्रीको चस्मा होइन, देश बनाउने एजेन्डामा बहस गरौँ

सांसद कर्ण : ‘प्रधानमन्त्रीको चस्मा होइन, देश बनाउने एजेन्डामा बहस गरौँ’राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन्द्र शाहको चस्मा र पहिरनमा बहस नगरी देशका वास्तविक मुद्दामा केन्द्रित हुन संसदमा आग्रह गरेका छन्। उनले रोजगारी सिर्जना, स्थानीय तहको विकृति तथा भ्रष्टाचार न्यूनीकरण र सुशासन का विषयमा संसदमा गम्भीर बहस हुनुपर्ने बताए। कर्णले भने, बहस […]

Continue Reading

कप्तान दीपक मनाङेको नेतृत्वमा ठमेल भेट्रान ११ को शानदार जित, मनाङ Gen Z FC ५–२ ले पराजित

कप्तान दीपक मनाङेको नेतृत्वमा ठमेल भेट्रान ११ को शानदार जित, मनाङ Gen Z FC ५–२ ले पराजित काठमाडौं । लैनचौरस्थित एनसेल मैदानमा आइतबार भएको मैत्रीपूर्ण फुटबल खेलमा कप्तान राजीव गुरुङ ‘दीपक मनाङे’ सम्मिलित ठमेल भेट्रान ११ ले Gen Z टिममाथि शानदार जित हात पारेको छ। ठमेल भेट्रान ११ ले मनाङ Gen Z FC लाई ५–२ […]

Continue Reading