मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प, ६७ घरमा क्षति

मुस्ताङ केन्द्रबिन्दु भएर मंगलबार राति गएको ५.३ म्याग्निच्युडको भूकम्पबाट लोमान्थाङ गाउँपालिकाका विभिन्न बस्तीमा कम्तीमा ६७ घर तथा अन्य संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। मानवीय क्षति भने हालसम्म नभएको प्रहरीले जनाएको छ। भूकम्पका कारण ठिङगर, फुवा, नाम्गेल र किम्लिङ क्षेत्रमा घर चर्किएका छन् भने एक कच्ची घर पूर्ण रूपमा भत्किएको छ। गुम्बा, विद्यालय […]

Continue Reading

युक्रेनमा यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु

युक्रेनको सुमी क्षेत्रमा यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ८–१० जना घाइते भएका थिए। आक्रमणपछि रेलको इन्जिन र यात्रुवाहक डब्बामा आगलागी भएको थियो। उपचारका क्रममा घाइतेमध्ये दुई महिलाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। यस्तै, आज खार्किभ क्षेत्रमा खार्किभ–इज्युम यात्रुवाहक रेलमाथि पनि रुसी ड्रोन प्रहार हुँदा ७ जना घाइते भएका छन्।

Continue Reading

९० वर्ष पुरानो गणितीय समस्या ८८ घण्टामा

OpenAI ले करिब ९० वर्षदेखि गणितज्ञहरूलाई चुनौती दिँदै आएको Navier–Stokes equations सम्बन्धी एउटा कठिन समस्या समाधान गरेको दाबी गरेको छ। अझ रोचक कुरा के छ भने, यसका लागि उसले हजारौँ एआई एजेन्टलाई एकैपटक काममा लगाएर करिब ८८ घण्टामा परिणाम निकालेको बताएको छ। Navier–Stokes equations पानी, हावा र अन्य तरल पदार्थ कसरी बग्छन् भन्ने कुरा वर्णन […]

Continue Reading

एमाले प्रवेश गरेका माईजोगमाई–३ का वडाध्यक्ष घिमिरेको पद खारेज

इलाम, भदौ २४ । नेपाली कांग्रेसबाट निर्वाचित इलामको माईजोगमाई गाउँपालिका–३ का वडाध्यक्ष राम घिमिरेको पद खारेज भएको छ। कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले २०८२ फागुन २३ गते एमाले प्रवेश गरेपछि नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्वाचन आयोगमा दल त्यागसम्बन्धी उजुरी तथा निर्णय पेस गरेको थियो। त्यसकै आधारमा निर्वाचन आयोगले घिमिरेको वडाध्यक्ष पद रिक्त हुने निर्णय गरेको हो।

Continue Reading

भोटेकोशी बाढीको क्षति यथार्थपरक मूल्याङ्कन गर्न निर्देशन

काठमाडौँ, भदौ २४ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट भएको क्षति तथा पुनर्निर्माणका आवश्यकताको मूल्याङ्कन यथार्थपरक र तथ्यमा आधारित बनाउन निर्देशन दिनुभएको छ। मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोग र विश्व बैङ्कका प्रतिनिधिसँगको छलफलमा उहाँले आरडिएनए र GRADE का प्रारम्भिक विवरणलाई प्रमाणीकरण गरी एउटै विश्वसनीय राष्ट्रिय प्रतिवेदन बनाउन आग्रह गर्नुभयो। क्षति मूल्याङ्कनमा सामाजिक, उत्पादनमूलक, पूर्वाधार […]

Continue Reading

भ्रष्टाचारविरुद्ध बोल्नेहरूले नै मञ्चबाट ‘नैतिक भ्रष्टाचार’ गरे : रक्षा बम

काठमाडौं — जेनजी आन्दोलनकी अभियन्ता तथा जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सहिदको नाममा आयोजित एक कार्यक्रममा आन्दोलनको मूल भावना र सहिद, घाइते तथा आन्दोलनकारी युवाका मुद्दालाई ओझेलमा पारिएको भन्दै असन्तुष्टि जनाएकी छन्। बमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रतिक्रियामा भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउनेहरूले नै कार्यक्रममा ‘नैतिक भ्रष्टाचार’ गरेको आरोप लगाएकी हुन्। उनको भनाइमा कार्यक्रमले जेनजी आन्दोलनका […]

Continue Reading

विमानमै यात्रुलाई डक्ट टेपले बाँधियो, जागिर पनि गयो!

विमानमै यात्रुलाई डक्ट टेपले बाँधियो, जागिर पनि गयो! अमेरिकन एयरलाइन्सको विमानमा उडिरहेका एक यात्रुले उग्र व्यवहार गर्दै यात्रु तथा चालकदलमाथि दुर्व्यवहार र आक्रमण गरेपछि उनलाई सिटमै डक्ट टेप र जिप टाइले बाँधिएको छ। अमेरिकाको Dallas-Fort Worth बाट Newark जाँदै गरेको American Airlines Flight 618 घटनापछि Baltimore मा आकस्मिक रूपमा अवतरण गरिएको थियो। विमानमा यात्रुलाई नियन्त्रणमा […]

Continue Reading

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा विशेष पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पशुपतिनाथ मन्दिर पुगेर देश तथा जनताको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै पूजा गरेका हुन्। पूजाअर्चनापछि उनले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।

Continue Reading

इजरायलमा १,४६४ नेपालीका लागि रोजगारी खुल्यो, २५–४५ वर्षकाले आवेदन दिन सक्ने

काठमाडौं — इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न इच्छुक नेपालीका लागि रोजगारीको अवसर खुलेको छ। वैदेशिक रोजगार विभागले गम्भीर अपांगता भएका व्यक्तिको स्याहार( Caregiver ) का लागि १ हजार ४६४ जना नेपाली सहायक कामदार छनोट गर्न आवेदन आह्वान गरेको हो। विभागका अनुसार माग भएका कामदारमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्। […]

Continue Reading

अर्जेन्टिनामा केही समयका लागि ‘समुद्र नै गायब’ जस्तो देखियो, के भएको थियो?

ब्युनस आयर्स, अर्जेन्टिना — अर्जेन्टिनाको एटलान्टिक तटीय शहर मार डेल प्लातामा अगस्टको सुरुवाततिर समुद्रको पानी असामान्य रूपमा पछाडि हटेपछि स्थानीयवासी र पर्यटकहरू आश्चर्यमा परेका थिए। समुद्रको पानी घटेसँगै सामान्य अवस्थामा पानीमुनि रहने बालुवा तथा ठूलो चट्टानी संरचना सतहमाथि देखिएपछि सामाजिक सञ्जालमा यसलाई ‘समुद्र नै गायब भएको’ भन्दै भिडियो र तस्बिरहरू भाइरल बने। स्थानीय मौसम तथा […]

Continue Reading