सुरुङमा फसेकाको उद्धार युद्धस्तरमा गर्न कुलमान घिसिङको माग

‘विपदमा दोषारोपण होइन, जीवन बचाउने बेला हो’ सुरुङमा फसेकाको उद्धार युद्धस्तरमा गर्न कुलमान घिसिङको माग ‘विपदमा दोषारोपण होइन, जीवन बचाउने बेला हो’ काठमाडौं । पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्पर–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान हुँदै वैकल्पिक सडकबाट […]

Continue Reading

भोटेकोशी बाढीमा ९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मृत्यु हुनेको संख्या ९०३ पुगेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबार बिहानको अद्यावधिक विवरणअनुसार बाढीबाट फेला परेका शवमध्ये कतिपयको पहिचान हुन सकेको छैन भने केही अवस्थामा मानव अंग मात्र फेला परेको छ। सबैभन्दा धेरै शव […]

Continue Reading

गोसाइँकुण्डबाट फर्किएका यात्रु धुन्चेमा उद्धारको प्रतीक्षामा

रसुवा । बाढी र पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू धुन्चेमा अलपत्र परेका छन्। सडकमार्गबाट सुरक्षित रूपमा तल झर्न सक्ने अवस्था नरहेपछि यात्रुहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेर हेलिकोप्टरमार्फत उद्धार हुने पालो कुरिरहेका छन्। यात्रुहरूको उद्धारका लागि हेलिकोप्टरमार्फत उडान सञ्चालन भइरहेको छ। विपद्का कारण सडक सम्पर्क विच्छेद भएपछि हवाई उद्धार नै तत्कालको मुख्य […]

Continue Reading

भोटेकोशी बाढी : सम्पर्कविहीनका आफन्तलाई भेट्न बट्टार पुगे गृहमन्त्री गुरुङ नुवाकोट — भोटेकोशी बाढीपछि आफन्त सम्पर्कविहीन भएपछि नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा पर्खिरहेका परिवारजनलाई गृहमन्त्री सुधन गुरुङले भेटेका छन्। बाढी प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका आफन्तको अवस्था बुझ्न ब्यारेकमा भेला भएका परिवारजनसँग गृहमन्त्री गुरुङले भेट गर्दै सरकारले खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए। आफ्ना परिवारका […]

Continue Reading

धुन्चेमा अलपत्र परेकाको उद्धार सुरु, घर पठाउन थालियो

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवाको धुन्चेमा अलपत्र परेका नागरिकको खोजी तथा उद्धार गरी उनीहरूलाई घर पठाउने काम सुरु गरिएको छ। गत बुधबार आएको बाढीका कारण विभिन्न जिल्लाबाट रसुवा पुगेका यात्रु तथा अन्य नागरिक धुन्चे क्षेत्रमा अलपत्र परेका थिए। बाढीका कारण सडक तथा यातायात सम्पर्क प्रभावित भएपछि उनीहरू घर फर्किन सकेका थिएनन्। बागमती प्रदेश सरकारले […]

Continue Reading

रसुवा बाढी : आफन्तको खोजीमा अस्पताल धाउँदै परिवार

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन आफन्तको खोजीमा परिवारका सदस्यहरू काठमाडौँका अस्पताल धाइरहेका छन्। त्रिवि शिक्षण अस्पतालमा कसैले मोबाइलमा भएका आफन्तका तस्बिर देखाइरहेका छन्, कसैले अस्पतालको सूचीमा आफ्ना मान्छेको नाम खोजिरहेका छन्। “कतै यही अस्पतालमा घाइते अवस्थामा भेटिन्छन् कि…” भन्ने आशामा परिवारहरू अस्पताल–अस्पताल पुगिरहेका छन्। सोनाम तामाङ र रूपा घले आफ्ना ७ जना आफन्तको खोजीमा […]

Continue Reading

चीनतर्फ ठूलो ताल फुटेको सूचना, नदी किनारमा सतर्कता

रसुवाको नेपाल–चीन सीमा नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेको सूचना आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी दिएको हो।त्यसपछि नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन सूचना जारी गरिएको छ। ताल फुटेपछि नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार र […]

Continue Reading

रसुवा बाढी : २७ बैंक कर्मचारी सम्पर्कविहीन, ९ शाखा पूर्ण क्षतिग्रस्त

रसुवा — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नदी आसपासका क्षेत्रमा कार्यरत ७ बैंकका २७ कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बुधबार बिहान बाढी आएदेखि उनीहरूसँग सम्पर्क हुन सकेको छैन। प्रभावित क्षेत्रमा टेलिफोन तथा विद्युत् सेवा अवरुद्ध हुँदा कर्मचारीको अवस्था यकिन गर्न कठिन भइरहेको छ। सम्पर्कविहीन कर्मचारीमध्ये नेपाल इन्भेष्टमेन्ट […]

Continue Reading

बाढी प्रभावित नुवाकोट पुगेर अवस्था बुझे प्रधानमन्त्री शाह, राहत र पुनःस्थापनामा तीव्रता दिन निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गरेका थिए। निरीक्षणका क्रममा उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीपछिको अवस्थाबारे जानकारी लिएका थिए। प्रधानमन्त्री शाहले प्रभावित परिवारलाई […]

Continue Reading

बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री बालेन फिल्डमै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। बाढीबाट प्रभावित विदुर तथा आसपासका बस्तीको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि सहभागी छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग उद्धार, राहत, पुनर्स्थापना […]

Continue Reading