रसुवा बाढी : ड्रोन र तालिमप्राप्त कुकुरबाट बेपत्ताको खोजी तीव्र
काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता तथा प्रभावित नागरिकको खोजी र उद्धारलाई तीव्र पारिएको छ। खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्। स्थानीय बासिन्दाले पनि उद्धारमा सहयोग गरिरहेका छन्। बाढीबाट प्रभावित नदी किनार र आसपासका क्षेत्रमा ड्रोन प्रयोग गरेर थुनिएका तथा हराइरहेका मानिसको खोजी भइरहेको छ। […]
Continue Reading