उपसभामुख ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं — प्रतिनिधि सभा उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्। ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी परेको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएका छन्। यद्यपि, जाहेरीमा कुन कसुर उल्लेख गरिएको छ भन्ने प्रहरीले सार्वजनिक गरेको छैन। जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने गरी समाचार प्रकाशित गरिएको भन्दै ठाकुरले यसअघि […]

Continue Reading

रूसका १६ क्षेत्रमा युक्रेनको भीषण ड्रोन हमला, ८२२ ड्रोन खसालेको दाबी

काठमाडौं । रूस–युक्रेन युद्धमा तनाव थप चर्किएको छ। युक्रेनले आइतबार राति रूसका विभिन्न क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रहार गरेको छ। यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई हमलामध्ये एक भनिएको छ। रूसको रक्षा मन्त्रालयका अनुसार आक्रमणका क्रममा देशभर ८२२ युक्रेनी ड्रोन खसालिएको दाबी गरिएको छ। तीमध्ये ठूलो संख्या राजधानी मस्को र आसपासका क्षेत्रमा लक्षित भएको […]

Continue Reading

खोटाङमा काठले किच्दा ३५ वर्षीय युवकको मृत्यु

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा काठ लोड गर्ने क्रममा काठले किचेर ३५ वर्षीय लिला मगरको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ४ बजे ट्याक्टरमा उत्तिसका मुडा लोड गरी डोरीले बाँध्ने क्रममा चिप्लिएर लडेका मगरलाई काठले किचेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि ट्याक्टर र चालक १९ वर्षीय सुनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा […]

Continue Reading

झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, तीन जनाको मृत्यु

रौतहटबाट भारतको झारखण्डस्थित धार्मिक स्थलको दर्शन गरेर फर्किँदै गरेको नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार झारखण्डको कोडरमा जिल्लास्थित पोखरडीहा मोडनजिकै बस र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको बताइएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये १० वर्षीय शिवम कुमारको पहिचान खुलेको छ। मृत्यु भएका अन्य दुई […]

Continue Reading

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा सारियो

काठमाडौं — बुधबार पक्राउ परेका पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार परिसरमा थुनुवाको चाप बढेकाले अनुसन्धान तथा मुद्दा अभियोजनको प्रक्रियालाई सहज बनाउन श्रेष्ठलाई बिहीबार साँझ महाराजगञ्ज सारिएको हो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठसँग भेटघाट गर्न चाहने […]

Continue Reading

किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न पत्रकारहरूको माग

जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयमा पक्राउ परेपछि पत्रकारिता क्षेत्र आन्दोलित बनेको छ। नख्खुस्थित निवासबाट पक्राउ गरिएका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ। उनको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाललगायतका पत्रकार तथा सञ्चारकर्मीले प्रहरी परिसर पुगेर प्रदर्शन गरेका छन्। पत्रकारहरूले समाचारप्रति असहमति भए कानुनी तथा प्रेससम्बन्धी […]

Continue Reading

प्रहरी पोसाक खरिदबारे संसदीय समितिमा विवाद, आईजीपी कार्की असन्तुष्ट

निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरीबारे सार्वजनिक लेखा समितिमा जवाफ दिने क्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले असन्तुष्टि जनाएका छन्। समितिमा आफूहरूमाथि ‘हुर्मत लिने’ किसिमको व्यवहार भएको भन्दै कार्कीले छलफलको शैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले आफूलाई यो धर्तीमा सबैभन्दा काम नलाग्ने मानिस हामी नै रहेछौँ कि जस्तो महसुस भएको बताए। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद […]

Continue Reading

आज दुर्लभ खग्रास सूर्यग्रहण, नेपालबाट भने देखिँदैन

काठमाडौं । आज बुधबार, १२ अगस्ट २०२६ मा यस वर्षको प्रमुख खगोलीय घटनामध्ये एक पूर्ण (खग्रास) सूर्यग्रहण हुँदैछ। चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको चम्किलो भागलाई पूर्ण रूपमा ढाक्ने यो दुर्लभ घटना उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर एटलान्टिक हुँदै स्पेन र पोर्चुगलको सानो भूभागमा पूर्ण रूपमा देखिनेछ। तर नेपालबाट भने यो सूर्यग्रहण देखिने छैन। […]

Continue Reading

वर्षाले देशभरका सडक अस्तव्यस्त : ७ प्रमुख सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा राति सवारी रोक

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, बाढी, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बिहान ७ बजेसम्म तेह्रथुमदेखि मुगु र सोलुखुम्बुसम्मका प्रमुख सडकखण्डमा यातायात अवरुद्ध भएको छ। वर्षाका कारण मध्यपहाडी लोकमार्ग, अरनिको राजमार्ग, मेची राजमार्ग, त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, नाग्म–गमगढी सडक, भेरी करिडोर र सल्लेरी–लुक्ला सडकखण्ड प्रभावित भएका […]

Continue Reading

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, मोटरसाइकल जंगलमा भेटियो

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल जंगलमा भेटिए पनि सिंहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। सिंहको खोजीका लागि प्रहरीले शुक्रबार राति अबेरसम्म स्थानीय तथा आफन्तको सहयोगमा विभिन्न क्षेत्रमा खोजी गरेको थियो। राति करिब १ः३० बजेसम्म खोजी गर्दा पनि फेला नपरेपछि शनिबार बिहानदेखि पुनः खोजी अभियान तीव्र पारिएको हो। […]

Continue Reading