सुनकोसीमा कारसहित बेपत्ता तीन जनाको खोजी दोस्रो दिन पनि जारी

सिन्धुली । फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ। हिजो बिहान करिब ११:४५ बजेदेखि बेपत्ता भएका उनीहरूको खोजीका लागि आज बिहानदेखि सशस्त्र प्रहरी बलका २० जना गोताखोर र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी दुई वटा डुङ्गाको प्रयोग गर्दै नदीमा परिचालन भएका छन्। प्रहरीका अनुसार बेपत्ता व्यक्तिहरू तथा कारको खोजी कार्यलाई […]

Continue Reading

ग्यासका लागि घण्टौं लाइन, इन्धन महँगिएपछि उपभोक्तामाथि दोहोरो मार

काठमाडौं | खाना पकाउने एलपी ग्यासको अभावले राजधानीका उपभोक्ता यतिबेला घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। बजारमा ग्यास सहज रूपमा नपाएपछि सयौं उपभोक्ता नेपाल आयल निगमको टेकु डिपो पुगेर सिलिन्डर भर्न लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ। यसैबीच निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि बढाएपछि सर्वसाधारणमाथि थप आर्थिक भार परेको छ। कैलालीको टीकापुर घर भई […]

Continue Reading

मध्यपहाडी राजमार्गमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो, ४ जना सवार रहेको आशंका

रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोला क्षेत्रस्थित सुनकोशी नदीमा यात्रु बोकेको कार खसेको छ। प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत सडक निर्माणस्थलमा खटिएका कन्ट्र्याक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि कार फिक्कल गाउँपालिका–२, नवलपुर (सिन्धुली) क्षेत्रमा सुनकोशी नदीमा खसेको हो। फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार कारमा ४ जना सवार रहेको प्रारम्भिक सूचना प्राप्त भएको […]

Continue Reading

नाम्सीमा ढुंगा खस्यो, मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार हाल सवारीसाधनलाई पुरानो पुलबाट एकतर्फी सञ्चालन गरिएको छ। ढुंगा पन्छाउन आवश्यक उपकरण परिचालन भइसकेको छ भने सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन करिब १–२ घण्टा लाग्ने अनुमान गरिएको छ। सडक डिभिजनले यात्रु तथा सवारीचालकलाई पुरानो […]

Continue Reading

सिरहाको गोलबजारमा आज रातिदेखि कफ्र्यु हटाइने

काठमाडौं, साउन १७ — सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी गरिएको कफ्र्यु आदेश आज (आइतबार) राति ७ बजेदेखि हटाइने भएको छ। स्थानीय सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि जिल्ला प्रशासन कार्यालय सिरहाले कफ्र्यु हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल द्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको […]

Continue Reading

निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकाद्वारा सोमबार शोक बिदा

काठमाडौं, साउन १८ — ‘निम्स दाइ’का नामले विश्वभर परिचित कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानस्थित ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा घोषणा गरेको छ। अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाको असामयिक निधनले गाउँपालिका मात्र नभई समग्र म्याग्दी र नेपाली पर्वतारोहण क्षेत्र शोकमा डुबेको गाउँपालिकाले जनाएको छ। […]

Continue Reading

ब्रड पिकमा भीषण हिमपहिरो: चार आरोहीको शव फेला, बेपत्ता टोलीको खोजी जारी

गिलगिट, साउन १५ — पाकिस्तानको कराकोरम शृङ्खलामा रहेको ब्रड पिक (८,०५१ मिटर) मा गएको भीषण हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजी अभियान जारी रहँदा शुक्रबार चार जनाको शव फेला परेको छ। मृतकमध्ये एक नेपाली आरोही पुर बहादुर गुरुङ रहेको पुष्टि भएको छ। अल्पाइन क्लब अफ पाकिस्तान (ACP) का अनुसार हिमपहिरोमा परेको १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीमा ६ […]

Continue Reading

देवानगञ्ज घटनाको विरोधमा मोरङ प्रशासनअगाडि प्रदर्शन, सुरक्षामा कडाइ; सुनसरीमा कर्फ्यु यथावत्

विराटनगर — सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन पुगेका प्रदर्शनकारीले विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट नाराबाजीसहित र्‍याली निकालेका थिए। प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय पुगेपछि सुरक्षाकर्मीले कार्यालयको मुख्य गेटअगाडि ब्यारिकेड खडा गरी उनीहरूलाई रोकेका […]

Continue Reading

सुनसरी घटनाबारे एमालेको सरकारमाथि आलोचना, निष्पक्ष छानबिन र संयम अपनाउन आग्रह

नेकपा (एमाले) ले सुनसरीमा पछिल्ला दुई दिनदेखि तनावपूर्ण बनेको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकारले विवाद व्यवस्थापनमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भए पनि संवेदनशील विषयमा सरकार गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको उल्लेख गरिएको छ। एमालेले विवाद समाधानका […]

Continue Reading

राहदानी बनाउन त्रिपुरेश्वरमा घण्टौँ लाइन, दिनभर कुर्दा पनि पालो नपाएको सेवाग्राहीको गुनासो

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवा लिन आएका नागरिकले घण्टौँ लाइनमा बस्नुपरेको गुनासो गरेका छन्। विभाग बाहिर बिहानैदेखि लामो लाइन देखिएको छ भने विभागभित्र पनि अत्यधिक भीडका कारण सेवाग्राहीले सास्ती खेपिरहेका छन्। सेवाग्राहीका अनुसार बिहान ९ बजेदेखि लाइनमा बसे पनि साँझ ५–६ बजेसम्म पालो नआउने, एनआईडी भेरिफिकेसन लगायतका प्रक्रिया ढिलो हुने तथा एउटा कामका लागि पटक–पटक […]

Continue Reading