लमजुङमा पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु, आमा र अर्की छोरी घाइते

लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर आएको पहिरोले दुईतले धन्सार भत्किँदा बाबुछोरीको ज्यान गएको छ। प्रहरीका अनुसार धन्सारमा बस्दै आएका मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका टिकबहादुर विक र उनकी कान्छी छोरी विनीता विकको घटनास्थलमै मृत्यु भएको हो। घटनामा आमा सुककुमारी विक र अर्की छोरी अस्मिता विक घाइते भएका छन्। उनीहरूको पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख ध्रुवप्रसाद शर्माले जानकारी दिएका […]

Continue Reading

एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामा सरकार कडा, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको निर्देशन

त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनाप्रति सरकारले गम्भीर चासो व्यक्त गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन्। घटनाको अनुसन्धानका लागि त्रिविले नेपाल प्रहरीको साइबर ब्युरोसँग पनि समन्वय सुरु गरेको छ।

Continue Reading

 ऐतिहासिक क्षण: नेपालको पहिलो आधुनिक सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यस आयोजनाको मुख्य सुरुङ २.६८ किलोमिटर लामो रहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिएका छन्। यस सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डको यात्रा थप सहज, […]

Continue Reading

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयू उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना

धनगढी, साउन ९ – २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ। शनिबार बिहान अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले अनशनस्थलमै स्वास्थ्य परीक्षण गर्दा डा. केसीको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्र रहेको पाइएको थियो। सुगरको मात्रा अत्यन्त न्यून भएपछि चिकित्सकले तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सिफारिस गरेका […]

Continue Reading

काठमाडौंमा २४ घण्टामा १,१५१ सवारी चालक कारबाहीमा, तीव्र गति र मापसे अझै चुनौती

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ सवारी साधन तथा चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ९ गते बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै ट्राफिक नियम उल्लंघनका घटना अझै उच्च रहेको जनाएको हो। कार्यालयका अनुसार अन्य विभिन्न ट्राफिक कसुरमा ७३७ जना चालक कारबाहीमा परेका […]

Continue Reading

मन्त्री यादव: उद्योग मन्त्रालयका आठ सुधार कार्यक्रम कार्यान्वयनमा

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएका उद्योग मन्त्रालयअन्तर्गतका आठ वटा सुधार कार्यक्रम कार्यान्वयनमा मन्त्रालय सक्रिय रहेको बताएकी छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा बिहीबार आयोजित छलफलमा मन्त्री यादवले कानुनी तथा नीतिगत सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिइन्। उनका अनुसार केही कार्यक्रमको कार्यान्वयन सुरु […]

Continue Reading

राहदानी विभागमा नागरिकको सास्ती: नयाँ प्रणाली कि नयाँ समस्या? सरकारको तयारीमाथि गम्भीर प्रश्न!

राहदानी विभागमा नागरिकको सास्ती: नयाँ प्रणाली कि नयाँ समस्या? सरकारको तयारीमाथि गम्भीर प्रश्न! काठमाडौं। नागरिकलाई छिटो, सहज र प्रविधिमैत्री सेवा दिने उद्देश्यले लागू गरिएको नयाँ राहदानी प्रणाली अहिले भने सेवाग्राहीकै लागि हैरानीको विषय बनेको छ। राहदानी विभागमा पुग्ने सेवाग्राहीहरूले लामो लाइन, पटक–पटक प्रणाली अवरुद्ध हुने, अनलाइन भुक्तानी स्वीकार नहुने, अपोइन्टमेन्ट चाडै बन्द भैहाल्ने तथा राहदानी […]

Continue Reading

कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, देउवा पक्षद्वारा पुनरावलोकन निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ। सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैध ठहर गर्दै निर्वाचन आयोगले दिएको आधिकारिक मान्यतालाई सदर गरेको थियो। उक्त फैसलापछि कांग्रेसको आधिकारिकता थापा नेतृत्वको पक्षमा कायम भएको […]

Continue Reading

राधिका दासीविरुद्ध आरोप लगाएकी वेदिका केसी साइबर अपराधको आरोपमा पक्राउ

काठमाडौं । पुराण वाचिका राधिका दासीविरुद्ध विभिन्न आरोप सार्वजनिक गर्दै सामाजिक सञ्जालमा विवाद सिर्जना गरिरहेकी वेदिका केसी साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी छन्। आफूलाई धार्मिक अभियन्ता बताउने २२ वर्षीया केसीले केही दिनयता सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध लगातार विभिन्न आरोप लगाउँदै आएकी थिइन्। उनले राधिकाको अघोषित श्रीमान् रहेको, काठमाडौं र भारतमा घर बनाएको तथा कथावाचनबाट संकलित […]

Continue Reading

दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान चलाइने

काठमाडौं । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय जनचेतना अभियान सञ्चालन गर्ने विषयमा उपसभामुख रुबीकुमारी ठाकुर र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीबीच छलफल भएको छ। बुधबार मन्त्रालयमा भएको छलफलमा अभियान मधेश प्रदेशबाट सुरु गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने सहमति भएको छ। सरकारले स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक […]

Continue Reading