प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने तथा विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्री ले सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिनेछन्। […]

Continue Reading

पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई उपचारका लागि काठमाडौं ल्याइँदै

धनगढीमा स्वास्थ्य परीक्षणपछि पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको छ। अनुगमनका क्रममा बैतडी पुगेका लम्साल बिरामी परेपछि सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको थियो। त्यहाँ प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई काठमाडौं पठाइएको हो।

Continue Reading

कारागार सुधारमा सरकार गम्भीर छ : गृहमन्त्री गुरुङ

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले कारागार सुधार तथा कैदीबन्दीको मानव अधिकार संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कारागार र हिरासतको अवस्थाबारे संसदीय समितिले दिएका सुझावलाई व्यवहारमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार देशभरका कारागारको क्षमता करिब १९ हजार भए पनि अहिले झन्डै २८ हजार कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी […]

Continue Reading

धवलशमशेर र प्रसाईं अलग्गिए, अब छुट्टाछुट्टै पार्टी बनाउँदै

काठमाडौं — नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्यको तयारीमा रहेका धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच सहमति जुट्न नसकेपछि उनीहरू छुट्टाछुट्टै राजनीतिक दल गठन गर्ने तयारीमा पुगेका छन्। राणा र प्रसाईंले यसअघि संयुक्त रूपमा ‘जय नेपाल पार्टी’ गठन गर्ने तयारी गरेका थिए। तर पार्टीको नेतृत्व, संगठनात्मक संरचना तथा अन्य राजनीतिक विषयमा सहमति हुन नसकेपछि सहकार्य टुंगिएको हो। राणाले शुक्रबार ‘जय […]

Continue Reading

शेरबहादुर देउवा आज काठमाडौं फर्किँदै

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज बिहीबार काठमाडौं फर्किँदै छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा करिब पाँच महिनापछि बैंकक हुँदै थाई एयरलाइन्सको उडानबाट दिउँसो १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। प्रहरीका अनुसार विमानस्थलको गोल्डेनगेटदेखि महाराजगञ्जस्थित निवाससम्म देउवालाई सुरक्षा ‘एस्कर्ट’ दिइनेछ। प्रहरीले उनको धरपकड गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। […]

Continue Reading

प्रहरीका जुत्ता–कपडा खरिदमा अनियमितता? छानबिन समिति बनाउन सांसद सुनारको माग

सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका जुत्ता, मोजा, कपडा लगायतका सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्। लेखा समितिको बैठकमा बोल्दै उनले आरोप लागेका प्रहरी अधिकारीलाई जिम्मेवारीबाट अलग गरेर निष्पक्ष छानबिन गर्नुपर्ने बताए। सांसद सुनारले ठेकेदार छनोटदेखि खरिद प्रक्रियासम्मको छानबिन गर्नुपर्ने भन्दै प्रहरी अधिकारी र ठेकेदारबीचको सम्भावित मिलेमतो तथा आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा […]

Continue Reading

जयशंकर नेपाल आउँदै, प्रधानमन्त्री बालेन्द्र शाहलाई मोदीको निमन्त्रणा दिने

भारतका विदेशमन्त्री डा. एस. जयशंकर भदौको दोस्रो साता नेपाल आउने तयारीमा छन्। परराष्ट्र स्रोतका अनुसार, उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिनेछन्।

Continue Reading

झुटा विवरण दिएर राहदानी लिए अब २ लाखसम्म जरिबाना तिरे पुग्ने प्रस्ताव

काठमाडौं । झुटा विवरण पेश गरेर राहदानी लिने वा लिन प्रयास गर्ने व्यक्तिलाई कैद सजाय हटाएर १ देखि २ लाख रुपैयाँसम्म जरिबाना मात्रै गर्ने प्रस्ताव सरकारले गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा पेश गरेको राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। विधेयक पारित भएमा हालको २ लाखदेखि ५ लाख रुपैयाँ जरिबाना र १ देखि ३ वर्षसम्म कैद हुने […]

Continue Reading

सांसद कर्ण : ‘प्रधानमन्त्रीको चस्मा होइन, देश बनाउने एजेन्डामा बहस गरौँ

सांसद कर्ण : ‘प्रधानमन्त्रीको चस्मा होइन, देश बनाउने एजेन्डामा बहस गरौँ’राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन्द्र शाहको चस्मा र पहिरनमा बहस नगरी देशका वास्तविक मुद्दामा केन्द्रित हुन संसदमा आग्रह गरेका छन्। उनले रोजगारी सिर्जना, स्थानीय तहको विकृति तथा भ्रष्टाचार न्यूनीकरण र सुशासन का विषयमा संसदमा गम्भीर बहस हुनुपर्ने बताए। कर्णले भने, बहस […]

Continue Reading

आदिवासी समुदायको हक, अधिकार र पहिचानको सम्मान गर्न ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्तिको आधार भएको बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य थप मजबुत बनाउने बताएका हुन्। ओलीले नेपालको संविधानले सबै समुदायका लागि समान अधिकार तथा समावेशी र […]

Continue Reading