जनताको मन बुझ्न नसक्दा एमालेको चुनावी रिपोर्ट गलत साबित भयो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावअघि पार्टीले गरेको आकलन गलत हुनुको मुख्य कारण जनताको भावना र समस्या बुझ्न नसक्नु रहेको बताएका छन्। शनिबार आयोजित कार्यक्रममा पोखरेलले ‘हामीले जनताको मन पढ्न सकेनौँ, जनताको कुरा बुझ्न सकेनौँ, त्यसैले हाम्रा रिपोर्टहरू गलत भए’ भन्दै पार्टी अब जनताको घरदैलोसम्म पुग्नुपर्ने बताए। उनले जनताका समस्या र गुनासा बुझेर […]

Continue Reading

बालेनको मध्यरातको स्टाटसमाथि महेश बस्नेतको टिप्पणी : ‘सत्ता त्यागको दबाब बढेको देखिन्छ’

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को मध्यरातमा आएको फेसबुक स्टाटसमाथि टिप्पणी गर्दै उनीमाथि सत्ता त्यागका लागि दबाब बढिरहेको बताएका छन्। बालेनले ‘केही समय लाग्छ, सही समय आउनलाई… कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै स्टाटस लेखेका थिए। त्यसको प्रतिक्रिया दिँदै बस्नेतले उक्त अभिव्यक्तिले बालेनमाथि दबाब बढेको र आफ्ना निर्णय तथा कार्यशैलीलाई […]

Continue Reading

सुनसरी तनावबीच गृहमन्त्री गुरुङ विराटनगरमा, घाइते र मृतकका परिवारलाई भेट्ने

विराटनगर – सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न तनावका बीच गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन्। गृहमन्त्री गुरुङले देवानगञ्ज घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन विराटनगरस्थित अस्पताल जाने कार्यक्रम रहेको छ। अस्पतालमा उपचाररत घाइतेसँग भेटघाटपछि उनले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ। देवानगञ्ज घटनापछि उत्पन्न […]

Continue Reading

हृदयेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै रवीन्द्र मिश्रको भनाइ : ‘ढिलोचाँडो सरकारको नेतृत्व तपाईंले गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै भविष्यमा देशको नेतृत्व गर्ने जिम्मेवारीका लागि तयार रहन आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै मिश्रले हृदयेन्द्रलाई सम्बोधन गर्दै लेखेका छन्, “जन्मदिनको मंगलमय शुभकामना! ढिलोचाँडो सरकारको नेतृत्व गर्ने दिन अवश्य आउनेछ।” मिश्रले […]

Continue Reading

रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो, ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने

पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) बमोजिम सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई वरिष्ठ नेता मनोनित गरिएको हो । बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम पार्टी सचिवालय पनि गठन गरेको छ । सचिवालयमा सभापतिसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, […]

Continue Reading

रौतहटमा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई पक्राउ

रौतहट, साउन १४ — रौतहटको गढीमाई नगरपालिका–७ स्थित एक मठ–मन्दिर नजिक जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनामा संलग्न रहेको आरोपमा गढीमाई नगरपालिका–३ का २० वर्षीय शेख इवरान र १९ […]

Continue Reading

रवि लामिछाने : साझा धारणा र सामाजिक सद्भावका लागि सर्वदलीय छलफल आवश्यक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले वर्तमान संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्न र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय छलफल गरिएको बताएका छन्। बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बैठक सरकारको कामकारबाहीको समीक्षा गर्न नभई पछिल्लो राजनीतिक तथा सामाजिक घटनाक्रमबारे प्रमुख राजनीतिक दलका नेताहरूबीच धारणा, अनुभव […]

Continue Reading

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले बुधबार रामचन्द्र पौडेल सँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति सचिवालयका अनुसार भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्लो विकसित घटनाक्रम तथा सुनसरी घटनाको विषयमा छलफल भएको थियो। साथै, उक्त घटनापछि राष्ट्रपति पौडेलले विभिन्न राजनीतिक दलसँग छलफलका लागि आह्वान गरेको सर्वदलीय […]

Continue Reading

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न दुर्गा प्रसाईंको माग, ‘घटना नियोजित भएको’ दाबी

काठमाडौं, साउन १३ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। मंगलबार सार्वजनिक भिडियो सन्देशमार्फत उनले उक्त घटना नियोजित रूपमा गराइएको दाबी गर्दै त्यसको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन्। प्रसाईंले घटनामा सरकार र सुरक्षा निकायको भूमिकामाथि समेत प्रश्न उठाउँदै देशमा शान्ति, […]

Continue Reading

सुनसरी घटनाबारे रवि लामिछाने: ‘विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन’

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी तराईका जिल्लामा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने बताएका छन्। मंगलबार जारी विज्ञप्तिमा लामिछानेले घटनाले सिर्जना गरेको तनावपूर्ण अवस्थाप्रति पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त […]

Continue Reading