छोरा बाढीमा बेपत्ता, शोकमा डुबेकी आमाको पनि पाँच दिनपछि खोलामा शव भेटियो

रामेछाप/सोलुखुम्बु — उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाको जीवन हाइड्रोपावरमा श्रम गर्दागर्दै बित्यो । आफ्नै गाउँनजिकै निर्माणाधीन लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि रोजगारीका लागि उनी रसुवा पुगेका थिए । उनका दाजु दोर्जे शेर्पा पनि रसुवाको हाइड्रोपावर कम्पनीमा कार्यरत थिए । तर, गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले शेर्पा परिवारलाई गहिरो शोकमा डुबायो । […]

Continue Reading

गर्मीले पग्लिँदै गरेको हिमनदी जोगाउन भेडाको ऊनको ‘कम्बल’!

स्विट्जरल्यान्डका वैज्ञानिकहरूले तीव्र रूपमा पग्लिरहेको त्सानफ्लूरोन हिमनदीमा भेडाको ऊनबाट बनेका विशाल चादर ओछ्याएर परीक्षण गरेका छन् । प्रारम्भिक नतिजामा ऊनका चादरले प्लास्टिकबाट बनेका परम्परागत कभरजस्तै हिउँ पग्लिन कम गर्न प्रभावकारी देखिएको छ । यो प्राकृतिक र जैविक रूपमा कुहिने विकल्प भएकाले वैज्ञानिकहरूले थप परीक्षण गरिरहेका छन्

Continue Reading

रसुवाका बाढी प्रभावितलाई सांसद डा. कार्कीसहितको टोलीद्वारा राहत वितरण

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्की र पूर्वमन्त्री विमला राई पौड्यालसहितको टोलीले रसुवाको कालिका गाउँपालिका–१ पुगेर बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ । भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित १६६ परिवारलाई टोलीले खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराएको हो । प्रत्येक परिवारलाई एक बोरा चामल, मुसुरोको दाल, नुन, तेल, चिनी, […]

Continue Reading

जनकपुरधामका १५ वटा पोखरीमा आजबाट डोजर चल्ने, सुरक्षा समितिको बैठक जारी

जनकपुरधामका १५ वटा पोखरी तथा तिनका डिलमा भएको अतिक्रमण हटाउन आजदेखि पुनः डोजर परिचालन गरिने तयारी गरिएको छ। गुठी संस्थानले दिएको ७ दिने म्याद सकिएसँगै प्रशासन, सुरक्षा निकाय र सरोकारवालाबीच सुरक्षा समितिको बैठक जारी रहेको जनाइएको छ। पहिलो चरणमा ७ वटा पोखरी क्षेत्रबाट ६५ भन्दा बढी अस्थायी तथा स्थायी संरचना हटाइसकेको गुठी संस्थानले अब देवान […]

Continue Reading

साउदी अरबको प्रमुख तेल पाइपलाइनमा ड्रोन आक्रमण, विश्व बजारमा तेल मूल्य बढ्ने चिन्ता

साउदी अरबको रणनीतिक East-West Oil Pipeline मा इराकबाट प्रक्षेपण गरिएका ड्रोनहरूले आक्रमण गरेपछि पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणबाट क्षति र केही घाइते भएको साउदी सरकारले जनाएको छ। घटनापछि विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रतिव्यारेलभन्दा माथि पुगेको छ।इराक सरकारले घटनाको अनुसन्धान सुरु गरेको छ भने आक्रमण इराकी भूमिबाट भएको पुष्टि भएपछि एक […]

Continue Reading

कुलमान घिसिङ : सुरुङभित्र फसेकाहरू सकुशल रहेको आशा बलियो, उद्धार टोली गन्तव्य नजिक

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा चिलिमे जलविद्युत केन्द्रका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्य आशाजनक चरणमा पुगेको बताएका छन्। उद्धार कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहेका घिसिङले सामाजिक सञ्जालमार्फत मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। […]

Continue Reading

बीपी प्रतिष्ठान भन्छ– ‘PICU बेड खाली नभएकाले अन्यत्र रिफर गरियो

धरान । इटहरी–१ निवासी ८ वर्षीया अशवाना चौहानको सर्पदंशबाट मृत्यु भएको घटनाप्रति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिष्ठानद्वारा जारी विज्ञप्तिअनुसार भदौ २४ गते सर्पले टोकेर अर्धचेत अवस्थामा ल्याइएकी बालिकालाई बच्चा आकस्मिक कक्षमा तत्काल उपचार सुरु गरिएको थियो। उपचारका क्रममा चिकित्सक टोलीले इन्टुबेसन, एन्टी–स्नेक भेनम, नर्मल सलाइनलगायत आवश्यक उपचार गरेको […]

Continue Reading

गोकर्णेश्वरमा कुशे औँसीको अवसरमा पितृभक्तको घुइँचो

काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औँसीको अवसरमा आज बिहानैदेखि पितृभक्तको ठूलो भीड लागेको छ। दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै भक्तजनले तर्पण, श्राद्ध, पिण्डदान तथा आमान्न गरिरहेका छन्। धार्मिक मान्यताअनुसार गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने विश्वास छ। कुशे औँसीमा वर्षभरिका धार्मिक कर्मका लागि आवश्यक कुश घरमा भित्र्याउने परम्परा रहेकाले यस दिनलाई विशेष धार्मिक पर्वका रूपमा मनाइन्छ। गोकर्णेश्वरमा आज मेला समेत लागेको छ।

Continue Reading

पाकिस्तानविरुद्ध इंग्ल्यान्ड जितको संघारमा, वर्षाले खेल प्रभावित

इंग्ल्यान्ड पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा बलियो स्थितिमा पुगेको छ। बर्मिङ्घममा जारी खेलको दोस्रो दिन वर्षाका कारण प्रभावित भए पनि घरेलु टोली जित नजिक देखिएको छ। दोस्रो दिनको खेल समाप्त हुँदा पाकिस्तानले दोस्रो इनिङ्समा २ विकेट गुमाएर ५२ रन बनाएको छ। कप्तान शान मसुद २१ रन तथा अजवान अविस २९ रनमा अविजित छन्। तर पाकिस्तान […]

Continue Reading

दाङका विभिन्न वन क्षेत्रमा ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न स्थानमा प्रहरीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको टोलीले भदौ २५ गते बिहान ६ बजेदेखि १० बजे सम्म गरेको खोजतलासका क्रममा ती बन्दुक बरामद गरेको हो ।प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१ शिरुखर्कस्थित राष्ट्रिय वनबाट ६ थान, […]

Continue Reading