नेपालमा बन्दैछ विशाल अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ परियोजना फेरि चर्चामा

बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई दक्षिण एसियाकै ठूलो विमानस्थलका रूपमा विकास गर्ने योजना छ । प्रस्तावअनुसार विमानस्थलको क्षेत्रफल करिब १ हजार ९ सय हेक्टर हुनेछ भने पूर्ण रूपमा विकास भएपछि वार्षिक ६ करोड यात्रु धान्ने लक्ष्य राखिएको छ । लामो समयदेखि रोकिएको परियोजनालाई अघि बढाउन सरकारले २०२६ मा निर्माणको मोडालिटी ६ महिनाभित्र टुंग्याउने जनाएको […]

Continue Reading

जर्मनीमा सानो विमान दुर्घटना, तीन डच नागरिकको मृत्यु

बर्लिन — पश्चिमी जर्मनीमा डच सीमा नजिकै सानो विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको छ। डच विदेश मन्त्रालयका अनुसार दुर्घटनामा ५७ र ५८ वर्षका दुई पुरुष तथा २३ वर्षीया एक महिलाको मृत्यु भएको हो। मृतकमध्ये ५८ वर्षीय पुरुष र २३ वर्षीया महिला एम्स्टर्डमका तथा ५७ वर्षीय पुरुष नेदरल्यान्ड्सको सुदवेस्ट-फ्रिस्लान क्षेत्रका रहेको बताइएको […]

Continue Reading

दैनिक केरा खानेहरू सावधान! धेरै खाँदा हुन सक्छ यस्तो समस्या

स्वस्थ वयस्कले सामान्यतया दिनमा २ देखि ३ वटा केरा खान सक्छन्। सन्तुलित खानाको हिस्साका रूपमा खाँदा केरा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। तर धेरै केरा खानाले तौल बढ्नुका साथै पोषणमा असन्तुलन हुन सक्छ। केरामा पोटासियम, भिटामिन C, भिटामिन B6 र म्याङ्गानिज जस्ता पोषक तत्व पाइन्छन्। तर सबैका लागि धेरै केरा खानु उपयुक्त हुँदैन। धेरै केरा खाँदा […]

Continue Reading

धरौटीमा छुट्न आदेश भएका किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ फेरि प क्राउ

नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई काठमाडौं जिल्ला अदालतले ५ लाख २५ हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।तर, अन्य बैंकिङ कसुरका मुद्दामा बयान तथा अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले उनलाई अदालतको आदेशपछि पुनः पक्राउ गरेको छ। प्रहरीका अनुसार तामाङविरुद्ध थप ९ वटा बैंकिङ कसुरका मुद्दा […]

Continue Reading

बालापनको रक्षा : भविष्यको सुरक्षा’ नारासहित आज राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं । ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा राष्ट्रिय बाल दिवस मनाइँदैछ। हरेक वर्ष भदौ २९ गते मनाइने यो दिवसले बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र सुनिश्चितताका लागि राज्य, परिवार, नागरिक समाज तथा सबै सरोकारवालालाई जिम्मेवार बन्न आह्वान गर्छ। यस वर्षको बाल दिवस भने हालैको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको अवस्थाका कारण […]

Continue Reading

हरितालिका तीज : पशुपतिनाथमा बिहानैदेखि व्रतालु महिलाको घुइँचो, चारै ढोका खुला

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने व्रतालु महिलाको बिहानैदेखि ठूलो भीड लागेको छ। व्रत बसेका महिलालाई सहज रूपमा दर्शन गराउने उद्देश्यले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजका दिन पशुपति क्षेत्रमा ठूलो संख्यामा महिला भक्तजन आउने भएकाले दर्शन व्यवस्थापन, भीड नियन्त्रण र सुरक्षाका […]

Continue Reading

गन थापा : तीजले नेपाली समाजको सांस्कृतिक विविधता र एकतालाई जोड्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका छन्। हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले नेपाली चाडपर्वले देशको मौलिकता र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताएका हुन्। उनले तीज नेपाली महिलाको आस्था, भावना र आत्मीयतासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक […]

Continue Reading

मलेसिया रोजगारीमा ‘सिन्डिकेट’ आशंका, २५ म्यानपावरमाथि छानबिन

काठमाडौं — मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीमार्फत मात्र नेपाली श्रमिक पठाउने व्यवस्था गरिएको भन्दै उठेको ‘सिन्डिकेट’ विवादमा सरकारले छानबिन अघि बढाएको छ । वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (FWCMS) मा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ वटा नेपाली म्यानपावर कम्पनीलाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको छ । साथै, […]

Continue Reading

रुकुम पश्चिममा जिप दुर्घटना : २ जनाको मृत्यु, गम्भीर घाइतेको उद्धारका लागि हेलिकोप्टर माग

रुकुम पश्चिम — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार कोटगाउँबाट सानीभेरी गाउँपालिकाकै सिम्लीतर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप देउताखोलामा सडकबाट तल खसेर दुर्घटनामा परेको हो । दुर्घटना बिहान करिब ८ बजेतिर भएको […]

Continue Reading

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दो, मौज्दात साढे १३ अर्ब नाघ्यो

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शनिबार बिहान ९ बजेसम्म कोषमा रु १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ मौज्दात रहेको छ। कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेदेखि शनिबार बिहान ९ बजेसम्म मात्रै कोषमा रु २८ करोड २० […]

Continue Reading