मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन, प्रहरीद्वारा तीव्र खोजी

पोखरा । कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन युवक सम्पर्कविहीन भएपछि उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीका अनुसार पोखरा महानगरपालिका–१४, खसिबजार निवासी २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङमाछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा क्षेत्रमा सम्पर्कविहीन भएका हुन्। उनीहरू बुधबार बिहान करिब ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहेका थिए। त्यसपछि मोबाइल फोन बन्द भएपछि सम्पर्क हुन नसकेको […]

Continue Reading

हवाई यात्रा महँगियो : इन्धनको मूल्य बढेपछि बढ्यो हवाई भाडा, धनगढी रुटमा मात्रै ८८० रुपैयाँसम्म वृद्धि

काठमाडौं । नेपालमा आन्तरिक हवाई यात्रा थप महँगिएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानका लागि लागू हुने इन्धन शुल्क (फ्युल सरचार्ज) समायोजन गर्दै न्यूनतम हवाई भाडादर बढाएको हो। नेपाल आयल निगमले साउन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेको थियो। यससँगै […]

Continue Reading

निजी अस्पतालमा कार्यरत भेटिएपछि कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय पदमुक्त

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायलाई पदबाट हटाएको छ। मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. रायलाई निर्देशकको जिम्मेवारीबाट मुक्त गरेको हो। सरकारी अस्पतालको नेतृत्वमा रहेका पदाधिकारीले निजी अस्पतालमा चिकित्सकीय अभ्यास गर्न नपाउने मन्त्रीस्तरीय निर्णयको उल्लंघन गरेको पुष्टि भएपछि उनलाई पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार डा. राय सरकारी […]

Continue Reading

डब्लुडब्लुईका स्टार ब्रोक लेसनरले २६ वर्षपछि सन्यास घोषणा

डब्लुडब्लुई (WWE) का चर्चित रेस्लिङ स्टार ब्रोक लेसनरले २६ वर्ष लामो रेस्लिङ करिअरपछि आधिकारिक रूपमा सन्यास घोषणा गरेका छन्। ४९ वर्षीय लेसनरले गत सप्ताहन्त भएको समरस्लाममा ओबा फेमीसँग हेल इन अ सेल खेलमा पराजित भएका थिए। त्यसपछि अगस्ट ४ मा प्रसारित द प्याट म्याकाफी शोमा उनले समरस्लाम नै आफ्नो अन्तिम डब्लुडब्लुई खेल भएको बताए। लेसनरले […]

Continue Reading

आज स्पेसएक्सको रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदै, वैज्ञानिकहरू निगरानीमा

एजेन्सी | काठमाडौं अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको फाल्कन–९ रकेटको प्रयोग भइसकेको दोस्रो चरण (Upper Stage) आज चन्द्रमाको सतहमा अनियन्त्रित रूपमा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका अनुसार उक्त रकेटको करिब ४–५ टन तौल भएको भाग चन्द्रमाको पश्चिमी क्षेत्रमा रहेको आइन्स्टाइन (Einstein) क्रेटर नजिक करिब ८,७०० किलोमिटर प्रतिघण्टाको गतिमा ठोक्किने अनुमान गरिएको छ। ( यो रकेट सन् […]

Continue Reading

अमेरिकी नाकाबन्दी जारी रहे युद्धपोतलाई निशाना बनाउने इरानको चेतावनी

अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी कायम राखे अमेरिकी युद्धपोतहरूलाई निशाना बनाइने चेतावनी इरानले दिएको छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका सैन्य सल्लाहकार मोहसेन रेजाइले इरानी सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा इरानले आफ्नो जलक्षेत्रमाथिको दबाब र समुद्री मार्गमा हुने अवरोध स्वीकार नगर्ने बताएका हुन्। रेजाइले अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफूले “गैरकानुनी” ठानेको सैन्य गतिविधि बढाए त्यसको प्रतिकार […]

Continue Reading

गोकर्ण जंगलमा सडक विस्तारका क्रममा भेटिए ‘श्री ५ महेन्द्र’ लेखिएका ऐतिहासिक इँटा

काठमाडौंको गोकर्णस्थित नेपाल ट्रष्टअन्तर्गत रहेको जंगलको जीर्ण पुरानो पर्खाल भत्काएर सडक विस्तार गर्ने क्रममा ‘श्री ५ महेन्द्र’ लेखिएका पुराना इँटा फेला परेका छन्। डोजर प्रयोग गरी पर्खाल हटाउने क्रममा भेटिएका ती इँटाले तत्कालीन राजा महेन्द्रको शासनकालसँग सम्बन्धित ऐतिहासिक संरचनाको संकेत गरेको अनुमान गरिएको छ। इँटाको ऐतिहासिक महत्वबारे थप अध्ययन र संरक्षण आवश्यक रहेको स्थानीयले बताएका […]

Continue Reading

इरानी आक्रमणमा ज्यान गुमाएका अमेरिकी सैनिकलाई अन्तिम श्रद्धाञ्जली, परिवार भावुक

इराकको कुर्दिस्तान क्षेत्रमा भएको इरानी आक्रमणमा ज्यान गुमाएका अमेरिकी सैनिक माइकल इमानुएल स्विन्टनको शव अमेरिकाको नर्थ क्यारोलिनास्थित फेयेटभिल क्षेत्रीय विमानस्थलमा ल्याइएको छ। शव विमानस्थल पुगेपछि परिवार, आफन्त र शुभेच्छुकहरू भावुक बनेका थिए। सैनिकलाई सम्मानपूर्वक अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको दृश्यले उपस्थित सबैको मन छोएको थियो। अमेरिकी सेनाले स्विन्टनको सेवाप्रति सम्मान व्यक्त गर्दै उनको बलिदानलाई कहिल्यै नबिर्सिने […]

Continue Reading

मस्को नजिक युक्रेनी ड्रोन आक्रमण : ५ जनाको मृत्यु, ६ जना घाइते

रुसको राजधानी मस्को बाहिर रहेको नोभोसेल्की औद्योगिक क्षेत्रमा युक्रेनले गरेको ड्रोन आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मस्को क्षेत्रका गभर्नर आन्द्रेइ भोरोब्योभका अनुसार आक्रमणपछि गोदामसहित विभिन्न स्थानमा आगलागी भएको थियो। सबैभन्दा ठूलो आगो लागेको गोदाममा लागेको आगो पछि नियन्त्रणमा लिइएको जनाइएको छ। रुस–युक्रेनबीच ड्रोन आक्रमणको श्रृंखला लगातार तीव्र बन्दै […]

Continue Reading

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मंगलबार बिहान करिब ७:३० बजे मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बस दुर्घटनामा चालक विजय भुजेलसहित ६ जना घाइते भएका हुन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था […]

Continue Reading